श्रम आप्रवासन नीतिको मस्यौदा श्रममन्त्री शरदसिंह भण्डारीको बाहुलीमा

आइतबार, साउन २७, २०८१

डा. गणेश गुरुङको नेतृत्वमा रहेको विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रममन्त्री शरदसिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ । उक्त मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेबारे सुझाव समेटिएका छन् ।

विगत लामो समयदेखि नेपालको वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषय उठ्दै आएको छ । अहिले भने विज्ञ टोलीले तयार गरेको मस्यौदामा नै जोडदार रुपमा वैदेशिक रोजगारीको सुरक्षाको कुरा उठाईएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्