घट्यो आज सुनको भाउ, कतिमा ओर्लियो ?

सोमबार, साउन २८, २०८१

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्