नेप्सेले कारोबार ‘रेकर्ड’ ब्रेक गर्यो, कति भयो खरिद विक्री ?

सोमबार, साउन २८, २०८१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ । 
कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३१.६५ मा कायम छ ।

आइतबार ९४.५३ अंकले बजार बढ्दा २५ अर्ब ७७ करोडको सेयर खरिद बिक्री भएको थियो ।  

यसदिनको कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन सात वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बजार बढ्दा उपसूचकतर्फ इन्भेष्टमेन्ट समूह ०.१९ प्रतिशत, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ समूह १.१९ प्रतिशतले घटेको छ । बाँकी ११ वटा समूहको परिसूचक बढेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्