अर्थतन्त्रको आकार ५७ खर्ब ०४ अर्ब रहने प्रक्षेपण गर्दा आर्थिक वृद्धिदर कति हुने लख काटियो ?

मंगलबार, वैशाख १८, २०८१

नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। साथै अर्थतन्त्रको आकार ५७ खर्ब ०४ अर्ब रहने समेत  प्रक्षेपण गरिएको छ।

चालू आवमा कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरबारे राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको हो। प्रधानमन्त्री कार्यालय मातहतको सो निकायले उक्त प्रक्षेपण गरेको हो। कार्यालयका अनुसार उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहनेछ। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्