डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब एफसीले पहिलो जित दर्ता गर्यो

बुधबार, साउन ३०, २०८१

भारतमा जारी डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब एफसीले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्नेक्रममा गएराति सम्पन्न खेलमा आर्मीले रांगदाजित युनाइटेलाई २–० ले हरायो । 

जवाहरलाल नेहरु रंगशालामा भएको समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा आर्मीको जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरे ।

उनले खेलको २१औँ र ५७औँ मिनेटमा गोल गरेका हुन् । आर्मीले पहिलो खेलमा आइ लिग टोली सिलोङ लाजोङ १–० र दोस्रो खेलमा आइएसएल टोली गोवा एफसीसँग २–१ को हार बेहोरेको थियो ।

अन्तिम खेलमा जित निकाले पनि आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्