यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, साउन ३०, २०८१

आज २०८१ साल साउन ३० गते बुधबार सन् २०२४ अगष्ट १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरmudra-1723601894.jpg

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्