ह्वातै घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?

मंगलबार, वैशाख ११, २०८१

सुन र चाँदी दुवैको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो। 

योसँगै छापावाल सुन १ लाख ३५ हजार ५ सय र तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी आज १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको छ। 

सोमबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 

उता अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस २६.९१ डलर र सुन २ हजार ३ सय ६ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुmले जनाएका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्