भदौ ६ गते प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

बुधबार, साउन ३०, २०८१

प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरे।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्