चार वटा संसदीय समितिको बैठकमा के-के हुन्छ आज ?

बिहीबार, साउन ३१, २०८१

आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसैगरी दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्