साढे पाँच दर्जन सहसचिव चलाईए, परराष्ट्रमा चार भाई पुग्दा पुराना लखेटिए 

शुक्रबार, साउन ३२, २०८१

साउन ३१ बसेको क्याबिनेटले ठुलो संख्यामा सहसचिवको सरुवा गरेको छ। ६४ हाराहारीको संख्यामा सहसचिव सरुवाको निर्णय भएपछी त्यो बाहिरिएको भने छैन। धेरै अड्डाका महानिर्देशकको सरुवा भएको छ भने प्रदेशबाट केन्द्र तानिएकाहरुको संख्या पनि राम्रै भएको बताइञ्छ। 

बुझिए अनुसार सरकारले प्रशासन सेवाका ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालय पठाएको छ। महावाणिज्यदूत बनाउने हिसाबले विन्देश्वर लेखक, झक्कप्रसाद आचार्य, लक्ष्मीप्रसाद निरौला र भरत खनाल खनाललाई परराष्ट्र मन्त्रालय पठाएको हो। प्रचण्ड सरकारका पालामा त्यहि महावाणिज्यदूत पड्काउन परराष्ट्र पुगेका नवराज ढुंगानाहरु लखेटिएका छन्। 

उता, दुई भाई सचिवले भएको सरुवा पनि रोकेर पुरानै अड्डामा रहेकी एक सहसचिवले पनि मन्त्रालय छोड्नु परेको छ। माओवादीका रुपमा चिनिएका आधा दर्जन सहसचिव लखेटिएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्