कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएपछि राजदूत, अर्दली छोडेपछि सनासो

शुक्रबार, साउन ३२, २०८१

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ।

उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ। उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो।

कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुईजनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन्। तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो। रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन्।kanta-rijal-1723785096.jpg

पाँचथर माईती र लमजुङ्ग घर भएकी रिजाल कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएकी हुन्। उनलाई कांग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालाको आशिर्वाद भएको बताइन्छ। रिजालका दोश्रा पति कृष्ण प्रसाद दवाडी भने नेपाल सरकारको सहसचिव बाट अवकाश पाएका ब्यक्ति हुन्। 

पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन्। प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी थिइन्।

मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध उजुरी परेको खुल्न गएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्