सोसल मिडिया
युनिकोड
होली वाईन काण्डका नायक एमाले सांसद एकनाथ ढकाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिचको दोस्ती अझै तगडा भएको छ। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देख्नै नसक्ने नेपालसंग ओलीकै पार्टीका सांसद ढकालले कुम जोडेका छन्। एमालेका सांसद भएपनि ढकाल परिवार दलका अध्यक्ष छन्।
२०७५ मंसिर १४ देखि १६ सम्म भएको एसिया प्यासिफिक सम्मेलनमा नेपालले पुरै समय दिए। जसलाई होली वाईन काण्डका रुपमा चिनिन्छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा उक्त सम्मेलन हुँदा ओली नै प्रधानमन्त्री थिए। सम्मेलनका लागि तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको थियो।
उक्त सम्मेलन इसाई धर्म प्रचारका लागि भएको भनेर विवादास्पद भएको थियो। विवादास्पद कोरियाली नागरिक सन प्युङ मनले सन् २००५ मा स्थापना गरेको युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको सो सम्मेलनमा जोडा जोडीलाई होली वाइन बाँडेको घटनाले व्यापक आलोचना पाएको थियो। स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित उपस्थित गराएर होली वाइन समारोहमा उपस्थित गराएपछि चौतर्फी विरोध भएको थियो। कतिपय जनप्रतिनिधिले निम्ता पाए पनि बहिष्कार गरेका थिए।
उक्त कार्यक्रमको चाँजोपाँचो मिलाउन माधव नेपाल ज्यान फालेर लागेका थिए। उ बेला माधव र ओली एकै पार्टीमा थिए। तर, अहिले दुई बीच कडा दुश्मनी छ। कडा दुश्मनका सारथि ढकाल भने हिजो साँझ माधव नेपाल लिएर भ्याटिकन सिटीको राष्ट्रिय दिवस मनाउन म्यारियट होटलको विशेष कार्यक्रममा पुगे।
भ्याटिकन सिटीको राष्ट्रिय दिवस समारोहको प्रमुख अतिथि माधव नेपाल नै थिए। माधवलाई त्यहाँ लाने काम ढकाल बाटै भएको हो। प्रधानमन्त्रीलाई ल्याउने ठेक्का लिएका ढकाललाई ओलीले झपारेपछी माधव बैकल्पिक दहरिएको श्रोतको भनाई छ।
माधवलाई प्रमुख अतिथि बनाएर ढकाल भने थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा राति १ बजे बैंकक हान्निएका छन्।