बहालवाला प्रधानमन्त्रीलाई जर्मन, पूर्व प्रधानमन्त्रीलाई बेलायत

शनिबार, भदौ १, २०८१

साउनको अन्तिम दिन नेपालका लागि बेलायती राजदूत रोब फेनको दौड चर्को भयो। घरि गृहमन्त्री त घरि पूर्वप्रधानमन्त्री हुँदै मानवअधिकारवादी संग भेट्दैमा दिन गयो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुँदै गृहमन्त्री रमेश लेखक सम्मको राजदूतले कान फुके। हिजै केही पत्रकार र समाजका अगुवाको धारणा पनि बुझे। 

गृहमन्त्री लेखकसँग भेटघाट गर्न राजदूत फेन बिहान साढे १० बजे गृह मन्त्रालय पुगेर झण्डै आधा घण्टाको कुराकानीपछि बाहिरिएका थिए। 

नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्याउन लागेकोमा खुशी हुँदै बेलायाले सक्रियता जनाएको हो। शान्ति प्रक्रियाको पूर्णताका लागि बेलायत सरकार सहयोग गर्न तयार रहेको जानकारी राजदूतले दिएको प्रचण्डले बताएका छन्। 

भेटमा अध्यक्ष प्रचण्डले गोर्खाजहरुको मागप्रति बेलायतले सम्बोधन गरिदिन आग्रह गरेका छन् भने  राजदूतले बेलायतीहरुको रुची नेपाली उत्पादनमा रहेको जानकारी दिंदै गोर्खालाई न्याय दिने बचन दिएका छन्। 

हिजै मात्र जर्मनीका राजदूतले पनि प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन्। 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्