सोसल मिडिया
युनिकोड
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज आईतबार पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिँदैछ । ११ बजे देखि बयान लिने काम भएको छ। जेलबाट झिकाएर बयान लिले काम भएको हो।
समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। यसअघि बसकेको बैठकले धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिएको थियो ।
समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशीको भदौ ७ गते बयान लिने तयारी छ । आज भारत भ्रमणमा गएकी परराष्ट्र मन्त्री आरजु देउवा ६ गते स्वदेश फर्किए लगत्तै रविको बयान लिने साईत जुराईएको हो।