समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै 

आइतबार, भदौ २, २०८१

समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिनेबारे छलफल हुने बताइएको छ ।

प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलोपटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो । तर, १५ दिनभित्र दस्तावेज तयार नहुँदा बैठक बस्न सकेको थिएन ।

यसअघि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो । आज बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्