बिल भुक्तानी गर्दा कमिसन चप्काउने दुई कर्मचारीलाई अख्तियारको चाबुक

आइतबार, भदौ २, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरेको छ ।

धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

अख्तियारले अनुसन्धानपछि दुवैलाई सोही रकम बराबरको बिगो कायम गरी आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्