सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै प्रचण्डले कार्यकर्तालाई धारिलो बन्न गरे उर्दी 

सोमबार, भदौ ३, २०८१

नेकपा (माओवादी केन्द्र) ले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन परिपत्र गरेको छ । गत स्थायी कमिटी बैठकको जानकारी गराउँदै जारी गरिएको परिपत्रमा प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा सडक आन्दोलन आवश्यक्ता पर्ने उल्लेख छ ।

साथै, माओवादीले कांग्रेस–एमालेबीचको ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदमको संज्ञा दिएको छ । माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने परिपत्रमा उल्लेख छ । सदनमा खबरदारी गर्दागर्दै सरकार झनझन प्रतिगमनतिर अगाडि बढेमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने माओवादीको ठहर छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्