परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्कदै

बिहीबार, भदौ ६, २०८१

भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन्। भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्