प्रचण्डले लाईन मिलाउन छोरीलाई भारत पठाए, आरजु बसेकै होटलमा बसे 

बिहीबार, भदौ ६, २०८१

प्रधानमन्त्रीबाट अनपेक्षित रूपमा हट्नु परेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बेचैन देखिए। त्यसको झल्को उनले संसद बैठकमै पनि दिए। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले झुक्याएको भन्दै प्रचण्डले अझै पनि आक्रोश पोख्ने गरेका छन्। 

सत्ताबाट हटेपछि बिरक्तिएका प्रचण्डले छोरीहरु रेणु र गङ्गालाई केही समय अघि मात्र भारत पठाएको खलेको छ। एक साता अघि प्रचण्डले छोरीलाई उता पठाएका हुन्। अघिल्लो शुक्रबार भारत गएर रेणु र गङ्गा सोमबार मात्र स्वदेश फर्किएका हुन्। उनीहरुले राजनीतिक तहका उच्च नेतालाई बुबा प्रचण्डको सन्देश सुनाएका थिए। 

परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रचण्डका पुत्री एकै होटेलमा बसेका थिए। शेराटन होटलमा बसेका उनीहरु केही दिन भारतमा चक्कर लगाएर फर्किएका हुन्। आरजु भने भारत भ्रमण सकेर आज मात्र स्वदेश फर्किदैछिन। 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्