शुक्रबार मध्ये दिउँसो रवि लामिछानेलाई सहकारी समितिमा बकाईने

बिहीबार, भदौ ६, २०८१

स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सभापति लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो ।

समितिका सभापति सुर्य थापाका अनुसार लामिछानेलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको थापाले बताए ।

लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ ।

छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन् । जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको थापाले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्