तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको प्रहरीको आशंका

शुक्रबार, भदौ ७, २०८१

तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ ।

अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्