आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा झर्यो ?

शुक्रबार, भदौ ७, २०८१

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु एक लाख ५१ हजार ९०० मा कारोबार भएको छापावाला सुन आज एक लाख ५१ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला एक हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ८१५ निर्धारण भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्