भारतकी युवा मामिला राज्यमन्त्री रक्षाले दुर्घटनामा घाइते भएकालाई भेटिन्

शनिबार, भदौ ८, २०८१

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । 

तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न आज काठमाडौं आएकी उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी हुन् । 

उनीसँगै गृहमन्त्री रमेश लेखक पनि शिक्षण अस्पताल पुगेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्