युवती बलात्कार गर्ने सात युवक समातिए 

आइतबार, भदौ ९, २०८१

झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । ती बालिकामाथि जिल्लाका छुट्टाछुट्टै स्थानमा सामुहिक बलात्कार भएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

ती बालिकामाथि सातजना युवाले अर्जुनधारा नगरपालिका– ५ र बिर्तामाेडमा बलात्कार भएको पाइएको उनले आइतवार जानकारी दिए ।   

यसैबीच ६ आरोपी पक्राउ गरेका छन् । एकजना भने अझै फरार रहेका छन् ।  

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलगायत छन् । 

‘बिर्तामोडको बसपार्क क्षेत्र र रिसोर्टमा गरी दुई स्थानमा बलात्कार गरेको भनेर दुईवटा जाहेरी परेका छन्,’ प्रहरी नायव उपरीक्षक चन्दले भने, ‘एक ठाउँमा तीन र अर्को ठाउँमा चार जनाले बलात्कार गरेको भनेर पीडितले जोहेरी दिएकी छिन् ।’

लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको पाइएकाे प्रहरीले जानकारी दिएको छ ।  

पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि थप कुरा खुल्ने  प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्