नेपाली तीर्थयात्री बोकेको बस विहारमा दुर्घटना हुँदा ३६ जना घाइते

आइतबार, भदौ ९, २०८१

भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको छ । सो बसमा ४३ जना सवार रहेको बताइएको छ ।

दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्