सोसल मिडिया
युनिकोड
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आजदेखि सञ्चालित ‘नाडा अटो शो २०२४’ को उद्घाटन गरेका छन्।
१६ गतेसम्म सञ्चालन हुने १६ औं संस्करण अन्तर्गतको शोमा बीमा कम्पनी ,सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी हुने छ ।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले नाडा अटो सो व्यवसायीहरूको दसैँका रूपमा लिने गरेको बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो सो २०२४ को उद्घाटन समारोहमा अध्यक्ष चौधरीले अटो सो गाडी बिक्रीका लागि मात्र नभई समग्र मोबिलिटीका लागि पनि हुने गरेको बताए।
अटो मोबाइल्स व्यवसाय पारदर्शी रहे पनि ठगका रूपमा चित्रित गर्न खोजेको बताए। अध्यक्ष चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको गुनासो गरे।
उनले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरु भएर उद्योगका रूपमा विकास भइरहेको बताए। नेपालीले नयाँ प्रविधि छिटो ग्रहण गर्न सक्ने देखिएको उनको भनाइ छ।
नेपालमा विद्युतीय गाडीको बजारले ७० प्रतिशत हिस्सा ओगटेको छ। व्यवसायीहरू चार्जिङ पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्न तयार छन्।
अटो सोका सहसंयोजक अनुपकुमार बरालले २४ चारपांग्रे, १९ दुईपांग्रे ब्रान्ड र हलुका कमर्सियल गाडी १२ वटा सहितका स्टल रहेको जानकारी दिए।
उनले मौद्रिक नीतिमा पनि नेपाल राष्ट्र बैंकले अटो व्यवसायलाई समेट्ने प्रयास नगरेको बताए । साथै उनले अटो क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि बताएका छन् ।