सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
पार्टी सभापति रवि लामिछानेका कमजोरी औंल्याएर समीक्षा प्रतिवेदन बनाएपछि पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निस्कासित भएका महामन्त्री ढकाललाई त्यसपछिका अभिव्यक्तिका आधारमा साधारण सदस्यताबाट निस्कासित गरेको हो ।
केन्द्रीय अनुशासन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय समितिबाट निर्णय गरेको रास्वपाले जनाएको छ । महामन्त्री डा. ढकालले भने आफूले दिएका स्पष्टीकरण केन्द्रीय कार्यालयमा दर्ता गरेको जानकारी समेत आफूलाई नदिएको भन्दै पटक–पटक दर्ता गरेको प्रमाण मागिरहेका छन् ।