सोसल मिडिया
युनिकोड
साफ यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ः३० बजेदेखि सुरु हुने फाइनल भिडन्तमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो । सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो।
समूह ‘ए’ मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलङ्का र बङ्गलादेशलाई पराजित गरेको थियो। पहिलो खेलमा नेपालले श्रीङ्कालाई १–० ले पराजित गरेको थियो। त्यसपछि नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएको थियो । समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएपछि बङ्गलादेशले फाइनल पुग्न भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । बङ्गलादेश तेस्रो पटक फाइनल खेल्दै छ ।