सोसल मिडिया
युनिकोड
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत भदौ ५ गते सुनको मूल्य उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।