कुमारको आज्ञा मन्त्रीले मानेनन्, भए हाबी मचाकाजी

बुधबार, भदौ १२, २०८१

उपप्रधानमन्त्री समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकाश तथा भवन निर्माण विभागको महानिर्देशक परिवर्तन गरेका छन् ।

सहसचिव कुमार घिमिरेलाई हटाएर त्यहीँ उपमहानिर्देशक रहेका मचाकाजी महर्जनलाई महानिर्देशकको जिम्मेवारी तोकिएको हो।

बुधबार महानिर्देशकको पत्र बुझेका महर्जनले विभागमा लामो समय काम गरि सकेका छन्।

आगामी माघ २५ गते उमेरहदका कारण घर जाने विमिरेलाई अघिल्ला मन्त्री धनबहादुर बुढाले महानिर्देशक बनाएका थिए। उनले छ महिनामात्र महानिर्देशक हुन पाए ।

मन्त्रीलाई भेटेर आफूलाई नै निरन्तरता दिन कुमारले गरेको आग्रहले काम नगरेपछि मचाकाजी हाबी भएका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्