सोसल मिडिया
युनिकोड
सिम्रिक एयरका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । उडान सुरक्षाको प्रोटोकल पालना नगरेको ठहर गर्दै प्राधिकरणले पाइलटलाई निलम्बन गरेको हो। सक्रिय ड्युटी गर्न नपाउने गरि उनको निलम्बन भएको हो। कतार एयरवेज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो । त्यसपछि कतार एयरवेजको जहाजमा ट्राफिक अलर्ट एन्ड कोलिजन एडभाइस (टिकास)ले वार्निङ दिएको थियो ।
जहाज ल्यान्ड गरेपछि कतार एयरवेजका पाइलटले विमानस्थललाई रिपोर्ट गरेका थिए । त्यसपछि विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गर्दै घटनाको विस्तृत अध्ययन गर्न विमानस्थलले नियामक निकाय प्राधिकरणलाई सिफारिस गरेको थियो । सोही अनुरुप प्राधिकरणले उनलाई निलम्बन गरेको हो।