सोसल मिडिया
युनिकोड
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उमेर हदविरुद्ध पनि रिट दायर भएको छ ।
उमेर हदअनुसार अनिवार्य अवकाश गर्ने प्रहरीको नीति परिवर्तन गर्न प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकाल, डीआईजीहरू केदार ढकाल, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल र इन्स्पेक्टर नागेन्द्र ठाकुर सर्वाेच्च अदालत पुगेका छन् ।
उमेर हद विरुद्धको रिट अदालतमा दायर भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । प्रहरी नियमावली २०७१ मा प्रहरी निरीक्षक ५२ वर्ष तथा डीआईजी र एआईजी ५६ वर्षे उमेर पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ ।
एआईजी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २५ गते अवकाशमा जाँदैछन् । डीआईजीहरू राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि उमेर हदका कारण अवकाशमा जाने अवस्था आउँदैछ ।
यसअघि एसएसपी जीवनकुमार श्रेष्ठ सहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेकोमा अदालतले अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशकाा कारण ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने अधिकारीहरूको थमौती भएको छ ।