सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई चेतावनी दिँदै नियमावलीअनुसार सदन चलाउन ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमानुसार सदन नचलेको हुँदा चलाउन भनेका छन् । उनले भने, ‘नियम २६ अनुसार जब नियमावली पालना हुँदैन त्यसपछि नियमापत्ति राख्न पाइन्छ, सदन नियमअनुसार सदन चलेन, चलाइयोस् भन्न चाहन्छु ।’
पाण्डेको यो भनाइपछि सभामुख पनि आक्रोशित बनेका थिए । नियमअनुसार चलिदिनू भन्ने सभामुखको निर्देशन मानिदिन अनुरोध गर्दछु, आक्रोशित सभामुखले भनेका थिए ।