सोसल मिडिया
युनिकोड
सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै दायर गरेको रिट प्ररम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ । सो रिट न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ ।
नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेका थिए । उनलाई रवि लामिछाने गृहमन्त्री भएका बेला सिआईबी प्रमुख बनाईएको थियो। लामिछाने गृहमन्त्री हुँदै आईजीपी बन्न पनि अनेक जुक्ति त् लगाए तर त्यसले आकार लिनै सकेन।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।