टिआरसी विधेयक २०८१ राष्ट्रपतिले गरे प्रमाणीकरण

बिहीबार, भदौ १३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) २०८१ प्रमाणीकरण गरेका छन्।

संसदको दुवै सदनबाट पारित भएको उक्त विधेयक बिहीबार प्रमाणीकरण भएको हो। गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रमाणित गरेर राष्ट्रपति कार्यालय पठाएका हुन्।5-13__विधेयक-प्रमाणीकरण_2081-scaled-1-1724930363.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्