नवीकरण शुल्क ४ किस्तामा बुझाउने गरी ५ वर्षलाई एनसेलले पायो अभयदान

बिहीबार, भदौ १३, २०८१

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नवीकरण शुल्क ४ किस्तामा बुझाउने गरी ५ वर्ष नवीकरण गर्ने निर्णय सरकारले गरेको छ ।

आज बसेको क्याबिनेटले उक्त निर्णय गरेको हो। त्यस्तै सरकारले २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

हाल गृहसचिव रहेका अर्याललाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गरेको हो । मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैछिन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्