कनिष्ठलाई वरिष्ठ बनाएपछि वरिष्ठले सचिव पद त्यागे

बिहीबार, भदौ १३, २०८१

राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पदबाट राजीनामा दिएका छन्। मुख्यसचिवको प्रमुख दाबेदार ज्ञवालीले राजीनामा दिएका हुन्।

सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले राजीनामा दिएका छन्। मुख्यसचिवको प्रतिस्पर्धामा सचिव ज्ञवालीसहित सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, गृहसचिव अर्याल प्रतिस्पर्धामा रहेका थिए। कनिष्ठ सचिव अर्याललाई सरकारले मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवहरूले राजीनामा दिन थालेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्