अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्दै ओलीले सुनाए अनेक कुरा

शुक्रबार, भदौ १४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन्।

सांसदका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए। 

‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ। योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ। त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ।’

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेता, सांसदको सहभागिता थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्