आज घट्यो सुनको भाउ, तोलाको कति छ ?

शुक्रबार, भदौ १४, २०८१

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ३ सय रूपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्