सोसल मिडिया
युनिकोड
बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव नियुक्त गरेका एकनारायण अर्यालले नियुक्ती पत्र बुझेका छन्।
निजामती सेवामा आज अन्तिम दिन काम गर्ने मुख्य सचिव लिलादेवी गड्तौलाले नव नियुक्त मुख्यसचिव अर्याललाई पत्र थमाएकी हुन्। अर्यालले आइतबार देखि मुख्यसचिवको जिम्मेवारी सम्हाल्ने भएका छन्।
अर्याल मुख्यसचिव भएपछि रिक्त रहेको गृह सचिबमा कृष्णहरि पुष्कर जाने श्रोतको दाबी छ ।