मुख्यसचिव नियुक्तिले गिजोलियो निजामती सेवा, कसको पेवा ? कसले खाए मेवा ?

शुक्रबार, भदौ १४, २०८१

चौथो वरियताका सचिवलाई ओली सरकारले मुख्य सचिव नियुक्त गरेपछि निजामती सेवामा विग्रह सुरु भएको छ। भदौ १३ गते बसेको क्याबिनेटले गृह सचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि दुई सचिवले राजिनामा दिएका छन्। 

पहिलो वरियताका सचिव तोयानारायण ज्ञवालीले हिजै १३ गते र तेश्रो वरियताका दिनेश भट्टराईले आज १४ गते राजीनामा दिएका हुन्। 

ज्ञवाली २०७६ भदौ २२ गते सचिवमा बढुवा भएका थिए। तोयम राय र तोयानारायण ज्ञवाली एकै दिन सचिवमा बढुवा भएका थिए। राया छ महिना अघि राजीनामा दिएर महालेखा परीक्षक नियुक्त भई सकेका छन्। 

वरियताको दोश्रो नम्बरमा रहेका रामकृष्ण सुवेदी २०७६ कार्तिक ५ गते सचिवमा बढुवा भएका हुन् भने तेश्रो वरियताका दिनेश भट्टराई २०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन्। 

मुख्यसचिव नियुक्त अर्याल २०७६ फागुन १८ गते सचिवमा बढुवा भएका थिए। सरकारले वरियता मिच्दै चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएपछि कर्मचारी संयन्त्रमा असन्तुष्टी चुलिएको छ । यस अघि मुख्यसचिव बनेकी लिलादेवी गड्तौलाको अवधि कम भएका कारण कसैले विरोध नगरेपनि अहिले भने मुख्यसचिव नियुक्तिले कर्मचारीको असन्तुष्टी छताछुल्ल भएको हो। 

सुशासन र मुख्यसचिव नियुक्तिको बिग्रहले तालमेल नपाएको टिप्पणी हुन थालेको छ। निजामती सेवामा राजीनामा दिएका ज्ञवाली र भट्टराई काविल र बेदाग सचिव भनेर चिनिएका छन्। नवनियुक्त अर्याल एमाले पृष्ठभूमिकै भएका कारण मुख्यसचिव बनेको जानिफकारहरू बताउछन। 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्