ओलीले १ वर्ष १० महिना १५ दिन पछि प्रधानमन्त्री पदै त्याग्ने

शनिबार, भदौ १५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल अबप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल अब १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन्। 

शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

उनले आफूले सधैँ मुुलुकको नेतृत्व गर्छु भनेर भन्न नहुने सम्बोधनको क्रममा बताए। 

‘मैले सधैँ मै नेतृत्व गर्छु भनेर हुन्छ र? मलाई मन नपराउनेहरूका लागि खुसीको खबर भन्दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले अघि भने, ‘मेरो प्रधानमन्त्रीको कार्याकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ। मन पराउनेलाई खुसी हो।’

उनले समयमै नेतृत्व हस्तान्तरण गरौँ भन्ने नीति आफ्नो रहेको पनि जिकिर गरे। 

‘त्यो भन्दा पनि हप्ता दिन अगाडि नै छाड्छु भनेको छु मैले। बढी खाउँ भन्ने हैन बरु समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ।  मात्रै बाँकी रहेको बताएका छन्। शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

उनले आफूले सधैँ मुुलुकको नेतृत्व गर्छु भनेर भन्न नहुने सम्बोधनको क्रममा बताए। 

 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्