सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

आइतबार, भदौ १६, २०८१

नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि
अघिल्लो दिनको तुलनामा घटेको छ ।

प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्