सोसल मिडिया
युनिकोड
बिहिबार मुख्यसचिवमा नियुक्त भएका एकनारायण अर्यालले आज पदबहाली गरेका छन् । उनले शुक्रबार अपरान्ह मुख्यसचिव नियुक्त भएको पत्र बुझेका थिए। आज आइतबार प्रधानमन्त्री कार्यालय पुगेर मुख्यसचिवको पद बहाली गरेका हुन्।
अर्यालले २०८२ मङ्सिर सम्म मुख्यसचिव रहनेछन। २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए । सचिव बढुवापछि काठमान्डू महानगरको कार्यकारी बनेका उनी सामान्य प्रशासन मन्त्रालय हुँदै श्रम मन्त्रालयको सचिव भए। प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा पनि सचिव भएर काम गरे।
मुख्यसचिवमा पदबहाली गरेलगत्तै उनले सचिव बैठक डाकेका छन् । सबै सचिवहरु सहभागी बैठकमा उनले निर्देशनहरु दिने कार्यक्रम छ । चौथो वरियताका अर्याललाई मुख्यसचिव बनाएपछि पहिलो नम्बरका सचिव तोयानारायण ज्ञवालीले भने राजीनामा दिएका छन्।