सोसल मिडिया
युनिकोड
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङे वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।
यसअघि भौतिक पूर्वधारमन्त्री रहेका मनाङे अब वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहनेछन् ।
भौतिक पूर्वाधारमन्त्रीमा नेकपा (एमाले) का प्रकाशबहादुर केसी नियुक्त भएका छन् । यससँगै मनाङेको भागमा वन तथा वातावरण परेको हो ।
जति पटक मन्त्रिपरिषद् विस्तार हुन्छ, त्यतिपटक मनाङे मन्त्री बन्दै आएका छन् । ७ मन्त्रालय रहेको गण्डकी प्रदेशमा मनाङेले आधाभन्दा धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
स्वतन्त्र रूपमा दोस्रोपटक निर्वाचित मनाङे जता सरकार बन्छ, उतै लाग्ने गरेका छन् ।
गण्डकीमा आइतबार मात्रै मन्त्रालयको सङ्ख्या ९ पुर्याइएको छ । पहिले ७ मन्त्रालय रहेको यहाँ पछिल्लो गठबन्धन बनेपछि सरकार विस्तारका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भागबन्डा मिलाउन दुईवटा मन्त्रालय फुटाएका हुन् ।