निजी क्षेत्रमा अख्तियार पस्न नदिन ढकालको टोलीले मुख्यसचिव गुहार्यो

सोमबार, भदौ १७, २०८१

बिहिबार नियुक्त भएर शुक्रबार नियुक्तिपत्र बुझ्दै आईतबार्देखि काम थालेका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले भेट गरेका छन् । 

अध्यक्ष चन्द्रप्रसाद ढकालको कप्तानीमा गएको टोलीले मुख्यसचिवलाई बधाई दिएको हो।  सो टोलीले अर्थतन्तत्रमा तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ मुख्यसचिवको ध्यानाकर्षण गराएको छ ।

निजी क्षेत्रलाईसमेत अख्तियारले हेर्नेगरी कानूनहरु बन्न लागेकोतर्फ समेत मुख्यसचिव अर्यालको टोलीले ध्यानाकर्षण गराएको छ। यसले लगानी निरुत्साहित हुने भएकाले त्यस्तो व्यवस्था हटाउन पहल गर्न मुख्यसचिव समक्ष गुहार मागिएको छ। 

मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व बुझेकाले लगानी प्रोत्साहितको निम्ति आफू हदै सम्म लचिलो बन्ने र आफ्नो कार्यकालमा काँजो लगाउने काम नहुनेमा विश्वस्त रहन ब्यबसायीलाई भनेका छन्। 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्