गृहमन्त्रीलाई भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीले सिंहदरबारमै भेट्यो

सोमबार, भदौ १७, २०८१

गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरूको सहभागिता थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्