सोसल मिडिया
युनिकोड
प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभाग घेर्ने भएको छ।पार्टीले वैशाख २० गते एक बजेलाई विभागमा धर्ना बस्ने र घेर्ने साईत जुराएको हो।
पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले विज्ञप्ति जारी गर्दै धर्ना र घेराउको कार्यक्रमको जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ-
देशको समृद्धि एवं सिमा क्षेत्रको जनताको भविष्य संग सम्बन्धित भन्सार लूटको प्रावधान विरुद्ध आम जनता पार्टीले निरन्तर संघर्ष गर्दै आएको कुरा सर्वबिदित नै छ । भन्सार कानुनमा रहेको ४५% कथित पुरस्कारको लूटकारी प्रावधान हटाउन र तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न लगायतका मागहरु सहित भोली वैशाख २० गते दिनको १ बजे भन्सार बिभागमा धर्ना एवं घेराऊ कार्यक्रम रहेको छ।