सोसल मिडिया
युनिकोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सहसचिव डा. नारायण रेग्मीलाई पर्यटन विभागको महानिर्देशक बनाएका छन् । सामान्य प्रशासन मन्त्रालयबाट पर्यटनमा सरुवा भएका रेग्मी विभाग हाँक्न पुगेका हुन्।
रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०८१ साउन ३१ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए । मन्त्री पाण्डे र रेग्मी एकै जिल्ला बाजुराका हुन्।