सोसल मिडिया
युनिकोड
शिक्षक-कर्मचारीकाे मागमा सरकारले उदासिनता देखाएपछि सरकारको कानमा बतास लाग्ने गरि आन्दोलन तात्ने भएको छ। आश्वासन दिने तर कार्यान्वायन नगर्ने सरकारको रोगको अप्रेशन गर्न शिक्षक-कर्मचारीले आन्दोलन गर्ने भएका हुन्।
नेपाल शिक्षक महासंघले दसैँपछि देशव्यापी आन्दाेलन गर्ने भएकाे हो ।
आन्दोलनकै तयारीका लागि यही भदौ १३ र १४ गते काठमाडौँमा महासंघमा आबद्धसंबद्ध घटकको बैठक बसेको थियो। उक्त बैठकले शिक्षक-कर्मचारीकाे माग कार्यान्वयन र शिक्षा ऐन जारी गर्न आन्दाेलन गर्ने निर्णय गरेकाे छ।
शिक्षक-कर्मचारीका समस्या समाधान गर्न सरकारले नै गरेकाे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी गर्न दबाब स्वरूप आन्दोलन गर्ने घोषणा भएकाे छ। दसैँपछि आन्दाेलन गर्नेमा मोटामोटी सहमति भएको छ।
शिक्षक-कर्मचारीले आन्दोलन गर्ने छनक पाएपछि सरकार चनाखो बनेर आन्दोलन अगावै केही माग सम्बोधन गर्न लागिपरेको श्रोतको भनाई छ।